
काठमाडौँ, १७ असार ।
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । निर्वाचन आयोगको आज बसेको बैठकले सो दल दर्ता गर्ने निर्णय गरेको आयोगका प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
दल दर्ताको निवेदन आयोगमा परेदेखि स्वतन्त्र रहेकाहरुले विरोध सो दलको नाममा विरोध जनाउँदै आएका थिए । सो दलको विरुद्धमा सर्वोच्चमा रिट दर्ता पनि भएको थियो । तर सर्वोच्चले सो रिटबारेमा सुनुवाई नगरेपछि आयोगले आज शुक्रबार सो दल दर्ता गरेको हो ।
सो दलको चुनाव चिन्ह गोलाकारभित्र घण्ट राख्ने निर्णय भएको प्रवक्ता पौडेलले बताए । सो दलले आयोगमा दिएको दल दर्ताको निवेदनमा चुनाव चिन्ह घण्टी राख्ने प्रस्ताव गरेपनि केही परिमार्जन भएको उले बताए ।
दल दर्ताका लागि पत्रकार लामिछानेले असार ७ गते आयोगमा निवेदन दर्ता गराएका थिए ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु

लायन्स क्लव अफ चितवन सौराहाद्वारा विपन्न विद्यार्थीलाई पोसाक सहयोग

लायन्स क्लब अफ नारायणगढ बालकुमारीको आन्तरिक पद हस्तान्तरण कार्यक्रम सम्पन्न
काठमाडौं उपत्यकामा थप तीन जनामा हैजा
यो पनि हेर्नुहोस

डाक्टर पौडेलको `लय छुटेको समय´ सार्वजनिक

चितवन मानव बेचबिखन तथा ओसारपसारको ‘टान्जिट पोइन्ट’ बन्दै
