Wednesday, April 24, 2024
Homeराष्ट्रीयरवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिह्न ‘गोलाकारभित्रको घण्टी’

रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिह्न ‘गोलाकारभित्रको घण्टी’

काठमाडौं । सञ्चारकर्म छाडेर राजनीतिमा प्रवेश गरेका रवि लामिछाने संयोजक रहेको दल राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ। उक्त दलले गोलाकारभित्रको घण्टी चुनाव चिह्न पाएको छ।

शुक्रबार निर्वाचन आयोगको कार्यालयले दल दर्ताको प्रमाणपत्र दिएको छ।

गएको ७ असारमा लामिछानेले आफ्नो संयोजकत्वमा दल गठन गरेको घोषणा गरेका थिए। तर उनले घोषणा गरेको दलको नामप्रति केहीले आपत्ति जनाएर यसविरुद्ध आयोगको कार्यालमा उजुरीसमेत दिएका थिए।

तर ऐनमा कतै पनि कुनै नामका आधारमा पार्टीको नाम हुने वा नहुने भन्ने व्यवस्था नभएकोले उजुरीको कुनै औचित्य नभएको आयोगले आज ठहर गरिदिएको हो। लामिछानेको दलको नाम ‘स्वतन्त्र’ रहँदा स्वतन्त्र रहनेहरूको अपमान भएको उजुरीकर्ताहरूले दाबी गरेका थिए। तर आयोगले लामिछानेको दललाई दलीय कानूनी हैसियत दिलाएको छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments