Thursday, March 28, 2024
Homeराष्ट्रीयसुन्दर र स्वस्थ धनगढी अभियानमा भाटभटेनी

सुन्दर र स्वस्थ धनगढी अभियानमा भाटभटेनी

काठमाडौं । भाटभटेनी सुपरमार्केटले आफ्नो पछिल्लो स्टोर सुदूरपश्चिमको धनगढीमा केहीदिनअघि सञ्चालनमा ल्याएको छ ।

मुलुक कोभिडले आक्रान्त भएका बेला पनि आफ्ना स्टोरहरु लगातार सञ्चालनमा ल्याएको भाटभटेनीले धनगढीसहित काठमाडौं उपत्यकामा दुई, इटहरी, हेटौंडालगायतका स्टोर कोभिडकै बेलामा सञ्चालनमा ल्याएको हो ।

“हामी कोभिडसँग डराएर बसेको भए यो अवस्थाको रोजगारी सिर्जना गर्न सक्ने थिएनौं,” भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङले बाह्रखरीसँगको कुराकानीमा भने, “कोभिडकालमा मात्रै भाटभटेनीले १५ सय जनालाई रोजगारी दिन सफल भएको छ । जहाँ जहाँ स्टोर बने, म आफैं त्यहाँ महिनौंदिन बसेर कामदारलाई साथ र हौसला दिएँ ।”

भाटभटेनीले सुदूरपश्चिममा आफ्नो पछिल्लो स्टोर सञ्चालनमा ल्याएको हो । तर त्यहाँ भाटभटेनीले आफ्नो व्यापार व्यवसायमात्रै नभएर सुन्दर र स्वस्थ धनगढी अभियान सञ्चालन गर्दैछ ।

“त्यहाँका जनता सँगसँगै छौँ भन्ने अभियान हो हाम्रो,” गुरुङले भने, “हामी जहाँ पुग्छौँ, सबैको माया पाएका छौँ, त्यसक्षेत्रका जनताको दुःखमा मल्हम लगाउने काम हाम्रो पनि हो । हामीले हाम्रो दायित्व भुल्नुहुँदैन । देशप्रतिको हाम्रो जिम्मेवारी कहिले पनि भुल्नुहुँदैन भनेर धनगढीमा पनि यो अभियान सञ्चालनमा ल्याएका हौं ।”

भाटभटेनीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तरगत अहिलेसम्म १४ जना चिकित्सकको अध्ययन खर्च बेहोरिसकेको छ अर्थात् भाटभटेनीले आफ्नो लगानीमा १४ जना चिकित्सक तयार पारेको छ । तीमध्ये १२ जना नेपालमा र दुई जना विदेशमा अध्ययन गरेका हुन् ।

सोही अभियानलाई अघि बढाउँदै धनगढीका जनताको स्वास्थ्यमा पहुँच सहजरुपमा पुगोस् भन्ने उद्देश्यले धनगढी उपहानगरपालिकासँगको सहकार्यमा जिल्ला अस्पतालमा पाँच वर्षसम्म दुई जना चिकित्सकको व्यवस्था भाटभटेनीले गरेको छ ।

अगामी ५ वर्षका लागि उपमहानगरपालिकाले भाटभटेनी सुपरमार्केटसँग १९ वटै वडामा विशेषज्ञ चिकित्सकसहित निःशुल्क स्वास्थ्य परीक्षण सम्बन्धी सम्झौता गरिएको धनगढीका मेयर गोपाल हमालले जानकारी दिए । 

सम्झौताअनुसार धनगढी उपमहानगरपालिकाले दुईजना चिकित्सकको माग गरिसकेको छ ।

“हामीले सूचना निकालिसकेका छौँ,” मेयर हमालले बाह्रखरीसँग भने, “चिकित्सकले सबै वडामा मासिक रुपमा विशेषज्ञ स्वास्थ्य क्लिनक सञ्चालन गर्नेछन्, विशेष स्वास्थ्य सेवाका लागि एकजना स्त्री रोग विशेषज्ञ डाक्टर र एक जना फिजिसियन डाक्टरको व्यवस्था हुनेछ । पाँचवर्षसम्म उनीहरुसको तलबभत्ता सबै भाटभटेनीले उपलब्ध गराउने सहमति भएको छ ।”

धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल र भाटभटेनी सुपरमार्केटका अध्यक्ष मिनबहादुर गुरुङबीच सम्झौता भएको हो ।

सम्झौता अनुसारका सर्तहरु साउन १ गतेदेखि लागू हुने उपमहानगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख कृष्ण बोहराले बताए ।

“धनगढीका कोही पनि जनता स्वास्थ्योपचारबाट टाढा हुन नपरोस् भनेर हामीले सहयोग गरेका हौं,” भाटभटेनीका अध्यक्ष गुरुङले भने ।

स्वास्थ्यमा मात्रै नभएर सुन्दर धनगढी अभियानमा पनि भाटभटेनीको साथ रहेको छ । धनगढी विमानस्थलबाट चौडाहासम्मको ६ लेन सडकको आइल्यान्डमा हरियाली बनाउने काम भाटभटेनीको सहयोगमा भइरहेको छ ।

“धनगढीको ६ लेन सडक सुन्दर बनाउने अभियानमा भाटभटेनीको साथ रहेको छ,” मेयर हमालले भने, “मुख्य चौडाहादेखि विमानस्थलसम्मको ६ किलोमिटर सडकमा हरियाली बनाउने, तारजाली गर्ने, सडकबत्ती निर्माण गर्ने काम भाटभटेनीले गर्नेछ ।”

उक्त सडकमा सडकबत्ती, आइल्यान्डमा हरियालीका लागि अहिले धमाधम काम भइरहेको छ ।

“त्यो सडकमा फूलैफूल बनाउने अभियानमा हाम्रो साथ रहेको छ,” भाटभटेनीका अध्यक्ष गुरुङले बाह्रखरीसँग भने, “कुनै पनि आइल्यान्ड द बेस्ट हुनुपर्छ भन्ने हाम्रो अभियान छ, हामीले बनाउछौं पनि ।”

उक्त क्षेत्रमा ४३४ वटा विरुवा रोपिएको छ । “सबै तयार भइसकेको छ,” उनले भने, “तारजालीको काम भइरहेको छ । उक्त सडक सुन्दर र सफा हुनेछ । हाम्रो चाहना उक्त सडकखण्ड नेपालकै नमूना बनोस् भन्ने रहेको छ ।”

त्यस्तै भाटभटेनीले सुदूरपश्चिमका स्थानीय उत्पादन आफ्ना सबै स्टोरमा बिक्री गर्ने प्रतिवद्धता पनि जनाएको छ ।

सुदूरपश्चिम आर्थिक सूचकांकका हिसाबले पछाडि भएकोले यहाँका गुणस्तरीय स्थानीय उत्पादन देशैभरका आफ्ना शाखाहरुमा बिक्री वितरणका लागि खरिद गर्ने विषयमा कुराकानी भएको मेयर गोपाल हमालले बताए । 

अध्यक्ष गुरुङले पनि गुणस्तरीय नेपाली उत्पादनलाई भाटभटेनीले सधैँ साथ दिएको जानकारी दिँदै नेपाली उत्पादनलाई स्वागत गर्ने बताए ।


Nepal Investment bank


Nepal Investment bank


आइतबार, असार १९, २०७९, ११:३७ मा प्रकाशित

(function(d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) return;
js = d.createElement(s);
js.id = id;
js.src=”https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v2.12″;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments