Friday, April 19, 2024
Homeराष्ट्रीयधान खेतमा हेलिएका राजेन्द्र लिङ्देन, फोटोसेसनका लागि होइन

धान खेतमा हेलिएका राजेन्द्र लिङ्देन, फोटोसेसनका लागि होइन

काठमाडौं । हरेक वर्ष असार १५ मा नेताहरू खेतमा पसेर हिलाम्य भएका तस्बिर मिडियामा आउनु सामान्य रित हो । वर्षमा ३६४ सदन सुकिलामुकिला भएर हिँड्नेहरू १ दिन रोपाइँ पर्व मनाउन खेतमा पस्ने गर्छन् ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले आज आफ्नो फेसबुकमा खेतमा काम गरिरहेको फोटो र भिडियोहरू पोस्ट गरे । धेरैले सोचेका छन्, अरू नेताजस्तै मिडियालाई ‘कन्टेन्ट’ दिनलाई फन्डा गरेका होलान् ।

तर, लिङ्देन फोटो सेसन गर्न नभई काम गर्नका लागि नै खेतमा हेलिएका थिए ।

तीन दिनअघि गृह जिल्ला झापा पुगेका बेला उनी कृषि कर्ममा जुटेका हुन् । फेसबुकमा उनले ६ वटा तस्बिर पोस्ट गरेका छन्, जसमा उनी खेत खनिरहेको, धान रोपिरहेको र मल हालिरहेको देखिन्छ ।

खेतको काम सकेर लिङ्देन आजै काठमाडौं फर्केका छन् ।

लिङ्देनले नेपाल प्रेससँग कुरा गर्दै यो सामान्य कुरा भएको बताए ।

‘खेतमा काम गर्नु मेरो लागि नौलो कुरा होइन र समाचार बनाइरहनुपर्ने विषय हो जस्तो पनि लाग्दैन,’ उनले भने ।

लिङ्देनका अनुसार हरेक वर्ष उनी रोपाइँका बेला आफैँ खटिने गरेका छन् । परिवारलाई खान पुग्ने थोरै खेतमा धान रोप्ने गरेको उनले बताए ।

‘खेतमा काम गर्न छुट्टै आनन्द आउँछ । खेतीवारिमा गर्नुपर्ने सबै काम जानेको पनि छु । तर अहिले समय मिलाउन कठिन छ,’ उनले भने ।

लिङदेन पार्टीको काममा बेफुर्सदिला छन् । राप्रपाको अध्यक्षमा निर्वाचित भएदेखि उनलाई राजनीतिक काममै भ्याइनभ्याइ हुने गर्छ । तर, फुर्सद निकालेर घर गएको बेला उनी कृषि कर्ममा रमाउने गर्छन् ।

फेसबुकमा हालेको फोटोमा उनले लेखेको क्याप्सन पनि अर्थपूर्ण छ ।

लिङ्देनले लेखेका छन्, ‘भुईँ नछाड्ने प्रयास ।’

हिजो चप्पल लगाएर संघर्ष गरेका नेताहरू अहिले चिल्ला कारमा कुदिरहँदा आफ्नो विगतलाई बिर्सने गरेको जनगुनासो छ । यसमा लिङदेन पृथक देखिन खोजेका छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments