Friday, March 29, 2024
Homeराष्ट्रीयकाठमाडौंको ६ सय मेट्रिकटन फोहोर महानगरभित्रै विसर्जन गर्ने बालेनको योजना

काठमाडौंको ६ सय मेट्रिकटन फोहोर महानगरभित्रै विसर्जन गर्ने बालेनको योजना

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले काठमाडौंभित्र उत्पादन हुने ६ सय मेट्रिकटन फोहोर महानगरभित्रै व्यवस्थापन गर्ने गृहकार्य थालेका छन् । 

महानगरभित्र दैनिक उत्पादन हुने ६ सय मेट्रिकटन फोहोर आफैँ व्यवस्थापन गर्न खोजिएको उनले बताए । “घरघरबाट उत्पादन भएको फोहोर स्रोतमै बर्गीकरण गरेपछि जैविक फोहोरलाई मल बनाउने विधि सबैभन्दा उपयुक्त देखिएको छ । यो विधि शतप्रतिशत प्रभावकारी छ,” मेयर बालेनले भने, “फोहोरलाई ग्यासका रुपमा रुपान्तरण गर्दा ३० देखि ३५ प्रतिशत मात्र प्रभावकारी देखियो । अर्थात् १ सय रुपैयाँ लगानी गर्दा ३० देखि ३५ रुपैयाँ मात्र फिर्ता आउने भयो ।” 

यस्त, विजुली निकाल्दा २० देखि २५ प्रतिशतसम्म मात्र उत्पादन फिर्ता लिन सकिने बालेनको भनाइ छ । जैविक फोहोरलाई मल बनाउन करिब दुईसय देखि २५० रोपनी जग्गा आवश्यक पर्छ । उनी भन्छन्, “यस विधिमा लिच्चड आउँदैन । सबै फोहोरलाई मल बनाउन सकिन्छ । यसबाट देशमा भएको मलको समस्यालाई ८ देखि १० प्रतिशतसम्म योगदान गर्न सकिन्छ । यो मल खेतीमा उत्पादन बढाउन लाभदायक हुन्छ ।”

यसअघि काठमाडौंको फोहोर आफ्नै क्षेत्रभित्र विसर्जन गर्ने गोप्य योजनाको चर्चा चलेको थियो । वाग्मती प्रदेशले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले काठमाडौंको फोहोर महानगर आफैंले व्यवस्थापन गर्नुपर्ने भन्दै बालेनको आलोचना गरेका थिए । 

महानगरले साउन १ गतेदेखि कुहिने र नकुहिने फोहोर छुट्याउन पत्राचार गरिसकेको छ ।


Nepal Investment bank


Nepal Investment bank


बुधबार, असार २२, २०७९, ११:२४ मा प्रकाशित

(function(d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) return;
js = d.createElement(s);
js.id = id;
js.src=”https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v2.12″;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments