Friday, March 29, 2024
Homeराष्ट्रीयआफ्ना लागि किनिएको गाडी बेचेर रोलर किन्दै मेयर हर्क साम्पाङ

आफ्ना लागि किनिएको गाडी बेचेर रोलर किन्दै मेयर हर्क साम्पाङ

धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले आफ्ना लागि किनिएको स्कार्पिओ गाडी बेचेर रोलर मेसिन खरिद गर्ने भएका छन् ।



बिहीबार सामाजिक सञ्जालमार्फत उनले आफू चढ्न भनेर किनिएको स्कार्पिओ डी बेचेर रोलर मेसिन किन्ने घोषणा गरेका हुन् । मेयर साम्पाङले यो प्रस्ताव बिहीबार बसेको कार्यपालिका बैठकले अनुमोदन गरेको पनि उल्लेख गरेका छन् ।  

‘मेयरलाई भनेर किनिएको स्कोर्पियो गाडी बेचेर धरानको बाटोभरिका खाल्डा टाल्न यो रोलर मेसिन किन्ने विचार छ मेरो’, उनले भनेका छन्, ‘बिहीबार कार्यपालिकाले ताली बजाएर अनुमोदन समेत गरिदिएको छ ! जय धरान !’ 



गत ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा साम्पाङ गठबन्धन र एमालेलाई हराउँदै स्वतन्त्रबाट धरानको मेयरमा विजयी भएका थिए ।  



  • प्रकाशित मिति : ९ मिनेट अघि,  


फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

(function(d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) return;
js = d.createElement(s); js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v2.6”;
fjs.parentNode.insertBefore(js, fjs);
}
(document, ‘script’, ‘facebook-jssdk’));

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments