Thursday, March 28, 2024
Homeराष्ट्रीयट्राफिक र फोहोर व्यवस्थापनबारे छलफल गर्न आईजीपी निवास पुगे मेयर साह

ट्राफिक र फोहोर व्यवस्थापनबारे छलफल गर्न आईजीपी निवास पुगे मेयर साह

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) धिरज प्रताप सिंह र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहबीच भेटवार्ता भएको छ ।

मेयर साह आईजीपी सिंहलाई भेट्न आज प्रहरी प्रधान कार्यालय पुगेका हुन् । आईजीपी सिंह र मेयर साहाबीच काठमाडौंको फोहोरमैला व्यवस्थापनमा प्रहरीले कसरी सहयोग गर्नसक्छ भन्नेबारे छलफल भएको बताइएको छ ।



मन्दिरको शहर भनेर चिनिने काठमाडौंमा मूर्ति चोरी बढेको र सो चोरी न्यूनिकरण गर्न महानगरपालिकाले सिसिटिभी जडान गर्नेबारे पनि छलफल भएको बुझिएको छ ।

विगत लामो समयदेखि काठमाडौंको फोहोर व्यवस्थापनमा समस्या देखिदै आएको छ । महानगरले प्रशासनको प्रयोग गरेर फोहोर व्यवस्थापन गरेको भए पनि पछिल्लो समय भने नुवाकोटको सिसिडोका स्थानीयबासी र जनप्रतिनिधिबीच सहमती भएर फोहोर व्यवस्थापन हुँदै आएको छ । तरपनि काठमाडौैंको फोहोर समयमै उठ्न सकेको छैन ।

window.fbAsyncInit = function() {
FB.init({
appId : ‘771486886283999’,
xfbml : true,
version : ‘v2.4’
});
};

(function(d, s, id){
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {return;}
js = d.createElement(s); js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments