काठमाडौं :
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह बिच भेटवार्ता भएको छ । प्रहरी प्रधान कार्यालयमा उनीहरुको बिचमा भेटघाट र छलफल भएको बताइएको छ ।
भेटमा मन्दिरको शहर भनेर चिनिने काठमाडौंमा मूर्ति चोरी बढेको र सो चोरी न्यूनिकरण गर्न महानगरपालिकाले सिसिटिभी जडान गर्नेबारे छलफल भएको बताइएको छ ।
त्यस्तै फोहोरमैला व्यवस्थापनमा प्रहरीले कसरी सहयोग गर्नसक्छ भन्नेबारे छलफल भएको बताइएको छ । प्रहरी महानिरीक्षकको सचिवालयका अनुसार सार्वजनिक यातायात गर्नेबारे तथा ट्राफिक व्यवस्थापनबारे पनि छलफल भएको बताइएको छ ।
यो पनि : भर्ना शुल्क नतिरेको भन्दै २५ विद्यार्थी कक्षाबाटै निकालिएछि खैलाबैला, अभिभाबक भन्छन् दादागिरी भयो : सुर्खेतको आदर्शराज सेकेन्डरी स्कुलले कक्षा १२ का २५ जना विद्यार्थी भर्ना शुल्क नतिरेको भन्दै कक्षाबाटै निकालिएका छन् । वीरेन्द्रनगर नगरपालिकाको मंगलगढी चोकमा रहेको आदर्शराज सेकेन्डरी स्कुलले समयमै भर्ना शुल्क नबुझाएको आरोप लगाउँदै उनीहरूलाई आज बिहानबाट कक्षाबाटै निकालिएको हो ।
वस्थापन संकायअन्तर्गत कक्षा ११ बाट पास भएर ४५ विद्यार्थी कक्षा १२ मा अध्ययनरत् थिए । तीमध्ये २० जनाले मात्र रकम बुझाएको बाँकी २५ जनाले फि तिरेका थिएनन् । र्ना शुल्क बुझाउने तयारी गरिरहँदा विद्यालयले यस्तो व्यबहार गरेको हो ।
फिस लिएर आउन भनेपनि अटेर गरेकाले विद्यार्थीलाई निकालिएको विद्यालयका भाइस प्रिन्सिपल रमेश बस्नेतले स्विकारेका छन् । विद्यार्थीका अभिभाबकले भने विद्यालयले अपमानजनक व्यबहार गरेको दादागिरी गरेको बताए ।