Saturday, April 27, 2024
Homeराष्ट्रीयबाबुराम भट्टराईको निवासमा मेयर बालेन

बाबुराम भट्टराईको निवासमा मेयर बालेन

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ ले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई भेटेका छन्।

जनता समाजवादी पार्टी नेपाल (जसपा) संघीय परिषद् अध्यक्ष समेत रहेका भट्टराई र मेयर शाहबीच शुक्रबार भेटवार्ता भएको हो।

आफ्नो टीमसहित बाबुरामको निवास पुगेका बालेनसँग काठमाडौं महानगरका समस्या र योजनाबद्ध विकासबारे सार्थक विमर्श भएको भट्टराईले सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै लेखेका छन्।

मेयरमा निर्वाचित भएको एक महीनापछि उनले बाबुरामसँग भेटवार्ता गरेका हुन्। यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली लगायतका नेतालाई उनले भेटिसकेका छन्।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments