Tuesday, April 23, 2024
Homeराष्ट्रीयटेकुस्थित ट्रान्सफर स्टेसनलाई दुर्गन्धरहित बनाउन जीवातु हालेर प्लास्टिकले छोपियो

टेकुस्थित ट्रान्सफर स्टेसनलाई दुर्गन्धरहित बनाउन जीवातु हालेर प्लास्टिकले छोपियो

काठमाडौँ । काठमाडौं महानगरले टेकुस्थित ट्रान्सफर स्टेसनमा रहेको केही भाग फोहोरमा जीवातु राखेर प्लास्टिकले छोपेको छ । वर्षाले सडक बिग्रिएपछि पूर्ण क्षमतामा फोहोर ढुवानी हुने सकेको छैन ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) को सचिवालय सदस्य इन्जिनियर सुनील लम्सालका अनुसार सहरमा उत्पादन भएको फोहोर संकलन गरेर ट्रान्सफर स्टेसनमा थप्दा दृश्य र दुर्गन्ध बढ्ने भएकोले यसअघि थुप्रिएको फोहोर छोपिएको हो ।

“यसरी छोपिएको फोहोरमा जीवातु हालिएको छ । त्यसमाथि प्लास्टिकले छोपिएको हो । यसबाट ट्रान्सफर स्टेसनबाट स्थानीयलाई पर्ने असर न्यून हुनेछ,” उनले भने, “प्लास्टिकले छोपिएको ट्रान्सफर स्टेसन अहिले दैनिक संकलन भएको फोहोरलाई स्टेसनको एक साइटमा राखेर ढुवानी गरिँदै छ । आज घाम लागेको छ । थप गाडी परिचालन गर्नेछौँ र स्टेसनमा फोहोरको मात्रा घटाउनेछौँ ।”

ट्रान्सफर स्टेशनलाई फोहोर शुन्य बनाउन महानगरले समय समयमा प्रयास गर्दै आएको छ । ट्रान्सफर स्टेसनलाई फोहोर शून्य बनाएर त्यस अवस्थालाई कायम राख्ने योजना अनुरूप प्रयास भएको हो । सवारी साधनको प्राविधिक क्षमता घट्नु, ल्यान्डफिल साइटसँग सम्बन्धित प्राविधिक तथा सामाजिक समस्याले फोहोर ढुवानी हुन नसक्दा समय समयमा ट्रान्सफर स्टेसनमा फोहोर बाँकी हुने गरेको छ ।

यसरी फोहोर बाँकी रहँदाको अवस्थामा हुने दुर्गन्ध हटाउन समय समयमा प्रयास हुने गरेका छन् । यसअघि, जैविक फोहोरमा माइक्रो बायो पोजिटिभ व्याक्टेरिया मिसाएर दुर्गन्ध हटाउने विधिको परीक्षण गरिएको थियो । यो विधिबाट फोहोरबाट उत्पादन हुने दुर्गन्ध हट्छ ।

यो ब्याक्टेरिया सकारात्मक ब्याक्टेरिया हो । यसले मानव स्वास्थ्यमा कुनै पनि असर गर्दैन । निष्क्रिय बनाएर राखिएको ब्याक्टेरियालाई सक्रिय बनाएर यसको प्रयोग गरिन्छ ।

टेकुमा सञ्चालित ट्रान्सफर स्टेसन ३९ रोपनी जग्गामा छ । त्यसमध्ये ३० रोपनी क्षेत्रफलमा फोहोर व्यवस्थापनमा प्रयोग हुने सवारी राख्ने तथा फोहोर ट्रान्सफर गर्ने गरिएको छ । यहाँबाट फोहोर संकलन तथा ढुवानीका लागि निस्कने सवारी साधनलाई पानीले पखालेर मात्र निकाल्ने गरिएको छ । बाँकी क्षेत्रमा हरियाली बगैँचा बनाएर फोहोरबाट हुने नकारात्मक प्रभाव घटाउने महानगरको प्रयास छ ।

 


Nepal Investment bank


Nepal Investment bank


आइतबार, असार २६, २०७९, १२:३६ मा प्रकाशित

(function(d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) return;
js = d.createElement(s);
js.id = id;
js.src=”https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v2.12″;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments