Friday, April 19, 2024
Homeराष्ट्रीयनीताको विहे पार्टीमा मेयर बालेन्द्र, सेल्फी खिच्ने होड (भिडिओ)

नीताको विहे पार्टीमा मेयर बालेन्द्र, सेल्फी खिच्ने होड (भिडिओ)

काठमाडौं । नायिका नीता ढुंगानाको विवाह पार्टीमा भाग लिन काठमाडौंका मेयर बालेन्द्र साह याक एन्ड यति होटल पुगेका छन् । होटलमा पुग्नासाथ उनीसँग फोटो र सेल्फी खिचाउन तँछाडमछाड सुरु भएको थियो ।

बेलुकी साढे सात बजेतिर बालेन सहयोगीसहित विवाह पार्टीमा आएका हुन् । होटल प्रवेश गर्ने क्रममा सञ्चारकर्मीले उनको ‘बाइट’ लिने प्रयास गरेका थिए । तर, सञ्चारकर्मीसँग तर्किँदै उनी सिधै पार्टी हलभित्र पुगे । भित्र पुग्नासाथ उनीसँग फोटो/सल्फी खिच्ने क्रम सुरु भएको हो ।

नायिका नीता ढुंगाना र अभिनेता तथा ज्योतिष हरिहर अधिकारी हिजो विवाह बन्धनमा बाँधिएका थिए । उनीहरूको पार्टीमा सेलिब्रेटीहरुको ताँती लागेको छ ।

पत्रकारहरूसँग कुरा गर्दै सेलिब्रेटीहरुले नीता–हरिहरलाई शुभकामना दिए । मेयर साहले भने पत्रकारसँग बोल्न चाहेनन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments