Saturday, April 27, 2024
Homeराष्ट्रीयबालेन शाहले छुट्याए रुटिन अफ नेपाल बन्दलाई १ करोड !

बालेन शाहले छुट्याए रुटिन अफ नेपाल बन्दलाई १ करोड !

काठमाडौं – एक पछि अर्को कामबाट चर्चामा आएका काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) पछिल्लो समय विवादित बन्न थालेका छन् । सडकमा मकै पोलेर गुजारा चलाइरहेका दम्पतीको ठेला उठाएर विवादित बन्न सुरु भएका बालेन महानगरको बजेटबाट स्वर्गीय र्यापर अनिल अधिकारी ‘यम बुद्द” को सालिक निर्माण गर्ने निर्णय थप आलोचित बनेका थिए ।

फेरी काठमाडौँ महानगरले ‘ई–स्पोर्ट’ नामको कम्पनीलाई बजेट छुट्याएको सार्वजनिक भएपछि विवादमा तानिएका छन् । इ–स्पोर्ट चुनावमा सघाएका चर्चित फेसबुक पेज रुटिन अफ नेपाल बन्दका सञ्चालक भिक्टर पौडेलको हो । पौडेललाई अप्रत्यक्ष रूपमा फाइदा पुग्ने गरी एक करोड बजेट विनियोजन गरेका हुन् ।

यसरी बजेठ छुट्याएको बारे पौलेलले पनि स्वीकार गरेका छन् । हाल नेपालमा ‘ई–स्पोर्ट’ सञ्चालनको लागि आधिकारिक कम्पनीको रूपमा रुटिन अफ नेपाल बन्दका सञ्चालक भिक्टर पौडेल समेत सहभागी रहेको डिआरएस नामक कम्पनी मात्र दर्ता रहेको जनाइएको छ ।

मूलधारको राष्ट्रिय टेलिभिजन मध्य एक रहेको ‘हिमालयन टेलिभिजन’ ले समेत रुटिन अफ नेपाल बन्दकै लागि भनेर मेयर बालनले एक करोड रुपैयाँ छुट्टाएको दाबी सहित भिडिओ सामाग्री सम्प्रेषण गरेको छ ।

यस विषयमा भिक्टर पौडेलले सामाजिक सञ्जाल मार्फत बजेट परेको स्वीकार्दै उक्त समाचारको खण्डन गरेका छन् । ‘प्रिय हिमालयन टेलिभिजन म एउटा इ–स्पोर्ट टिमको सह–स्थापक हुँ, आयोजक हैन रुटिन अफ नेपाल बन्द र डिआरएस कम्पनीको कुनै सम्बन्ध छैन ।’ उनी थप्छन्, ‘बेइज्जत नै गर्ने भए ‘लजिक’ दिएर गर्नु प्रमाणित गर्नुहोस् झुन्डिएर मर्न तयार छु ।’

window.fbAsyncInit = function() {
FB.init({
appId : ‘1045565678797501’,
xfbml : true,
version : ‘v2.8’
});
};

(function(d, s, id){
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {return;}
js = d.createElement(s); js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments