Friday, March 29, 2024
Homeराष्ट्रीयबालेन्द्रले ओलीलाई तबला उपहार ,यम वुद्धको शालिक निर्माण गर्ने निर्णय स्वागतयोग्य :...

बालेन्द्रले ओलीलाई तबला उपहार ,यम वुद्धको शालिक निर्माण गर्ने निर्णय स्वागतयोग्य : एमाले उपाध्यक्ष पौडेल – Sankalpa Khabar

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले हिप पक गायक यम बुद्धको शालिक निर्माण गर्ने काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको निर्णयको स्वागत गरेका छन् ।

यम बुद्धको शालिक बनाउने निर्णयको चौतर्फी आलोचना भइरहेका बेला एमाले उपाध्यक्ष पौडेलले उक्त निर्णयको स्वागत गरेका हुन् ।

प्रमुख शाहले काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष २०७९÷८० को बजेटमा यम बुद्धका शालिक निर्माण गर्ने कुरा समावेश गरेका थिए । शालिक बनाउन १५ लाख रुपैयाँ रकम विनियोजन गरिएको थियो ।

शालिक निर्माण गर्ने निर्णयको सामाजिक सञ्जालमा चौतर्फी आलोचना भएपछि प्रमुख शाहले आफ्नै तलबमा यम बुद्धको शालिक बनाउने घोषणा गरेका थिए ।

शालिक निर्माण गर्ने कुराको नेकपा एमालेका नेताहरुले पनि आलोचना गरेका थिए । तर बुधबार प्रमुख शाहले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई उनकै निवासमा भेटी तबला उपहार दिएपछि उपाध्यक्ष पौडेलले शालिक बनाउने निर्णयाको स्वागत गरेका हुन् ।

‘संघीय लोकतान्त्रिक गणतन्त्र आ–आफ्नो क्षेत्रबाट समाजका लागि उत्कृष्ट योगदान गर्ने ब्यक्तित्वहरूलाई सम्मान गर्ने प्रणाली हो । तसर्थ, नेपाली माटोमा जन्मिएका हिप हप गायन विधाका विख्यात नक्षत्र यम वुद्धको प्रतिमा ९शालिक० निर्माण गर्ने काठमाडौं महानगरपालिकाको निर्णय स्वागतयोग्य छ,’ एमाले उपाध्यक्ष पौडेलले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments