Thursday, April 18, 2024
Homeप्रदेश ३तरकारीको बीउबाट मनग्य आम्दानी

तरकारीको बीउबाट मनग्य आम्दानी

पर्वतका किसानले तरकारीको बीउ उत्पादन गरेर राम्रो आम्दानी गरिरहेका छन् । उनीहरुले काँक्रा, करेला र गोलभेंडालगायतको बीउ उत्पादन गर्दै आएका छन् ।

पर्वतको जलजला गाउँपालिका धाइरिङ सल्यान र फलेवास नगरपालिका पाङ्गराङ्ग कर्नासका अधिकांश घरपरिवार व्यावसायिक तरकारी र बीउ उत्पादनमा सक्रिय छन् । यो खेतीमा यहाँका १ सय ८६ घरपरिवार आबद्ध छन् । उनीहरुले भक्तपुरे रैथाने काँक्रो, करेला र गोलभेडाको बीउ उत्पादनलाई १३ सय रोपनी जग्गा क्षेत्रफल उपयोग गरेका छन् ।

तरकारीको बीउ जिल्लाबाट झण्डै १८ हजार किलोग्राम निर्यात हुने गरेको छ । फाँटमा जग्गा नभएकाले भाडामा लिएर पनि तरकारी खेती गरेका छन् । विगत १५ वर्षदेखि मेसिन तथा औजारबिनै किसानले खेती गरेका छन् । अन्य प्राविधिक सहयोग कतैबाट पाउन नसक्दा समस्या भोग्नुपरेको छ ।

प्रत्येक किसानले न्यूनतम ५ देखि १५ लाख रुपैयाँसम्म कमाइ गर्छन् । उनीहरुले प्राविधिक सहयोगको खाँचो महसुस गरेका छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments