Sunday, October 2, 2022
Homeराष्ट्रीयरवि लामिछानेलाई एमाले अध्यक्ष ओलीले दिए कडा जवाफ - Sankalpa Khabar

रवि लामिछानेलाई एमाले अध्यक्ष ओलीले दिए कडा जवाफ – Sankalpa Khabar

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रवि लामिछानेले लोकतन्त्रका लागि लडेका नेताहरुलाई अपमान गरेको टिप्पणी गरेका छन् ।

काठमाडौंमा आज भएको कार्यक्रममा अध्यक्ष ओलीले लामिछाने पत्रकार रहँदा पनि नचाहिने काम गरेको आरोप लगाए । उनले भने,‘ ‘अब एउटा पत्रकार नचाहिने नचाहिने काम गर्‍यो अनि एउटा जमातले साथ दियो भनेर पत्रकार नेता भएर कुँदेको छ ।’

लामिछानेले लोकतन्त्र ल्याउन जीवनको सबै समय काम गरेका नेताहरुको अपमान गरेको भन्दै उनले भने,‘लोकतन्त्र ल्याउनका लागि लडेका नेताहरुलाई अपमान गरेको छ । शरम लाग्नुपर्ने हो । यो देश बिगार्ने तरिका हो, देश बिगार्ने भडुवाहरुको तरिका हो । यसबाट सतर्क हुनुपर्छ ।’

अध्यक्ष ओलीले बेलायत, फ्रान्स, चीन, जापान, भारत र पाकिस्तानमा पार्टी चाहिएको भएपनि नेपालमा स्वतन्त्र भनिनेहरुले पार्टी नचाहिने भनेको भन्दै चर्को आक्रोश पोखे । उनले भने,‘जहाँ पनि पार्टी चाहिन्छ देश चलाउनका लागि । यहाँ चाँही फेद न टुप्पोले स्वतन्त्र भनेर हुइयाँ चलाएका छन ।’

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments