चितवन । चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले लगातार आफ्नो अग्रता बढाएका छन् ।
मत गणनाको पछिल्लो अपडेट अनुसार रविले १७ हजार ५ सय २९ मत प्राप्त गरेका छन् ।
त्यसैगरि नेकपा एमालेका कृष्णभक्त पोखरेलले ८ हजार ८ सय ४४ मत प्राप्त गरेका छन् ।
अहिलेसम्मको मतगणना अपडेट अनुसार रविले ८ हजार ६ सय ८५ मतको अग्रता लिएका छन् । त्यस्तै नेपाली कांग्रेसका उमेश श्रेष्ठले ८ हजार ६ सय ४१ मत प्राप्त गरेका छन् ।