Friday, May 17, 2024
Homeआर्थिकबालेन शाहविरुद्धको मुद्दा हेर्न नभ्याइने सूचीमा

बालेन शाहविरुद्धको मुद्दा हेर्न नभ्याइने सूचीमा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) विरुद्धको मुद्दा हेर्न नभ्याइने सूचीमा राखिएको छ । मंगलबार कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासमा परेको मुद्दा हेर्न नभ्याइने सूचीमा परेको हो ।

अधिवक्ता पदम श्रेष्ठले काठमाडौँ महानगरपालिकाले कानुनविपरीत फोहोर सङ्कलन नगरेको उल्लेख गर्दै तत्काल फोहोर सङ्कलन गरी ल्यान्डफिल्ड साइडमा लैजान, नियमित फोहोर सङ्कलन र विसर्जन गर्नु पर्नेलगायतका मागसहित सोमबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार र राष्ट्रपति कार्यालय शीतल निवासको फोहोर नउठाएको भन्दै काठमाडौँ महानगरपालिकाका मेयर साहविरुद्ध सर्वोच्च अदालतमा रिट परेको थियो ।

 

 

window.fbAsyncInit = function() {
FB.init({
appId : ‘771486886283999’,
xfbml : true,
version : ‘v2.4’
});
};

(function(d, s, id){
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {return;}
js = d.createElement(s); js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments