Saturday, May 18, 2024
Homeआर्थिकबालेनले साइबर सेना बनाएर प्रचण्ड सरकार विरुद्ध काम गरेका छन्  : माओवादी...

बालेनले साइबर सेना बनाएर प्रचण्ड सरकार विरुद्ध काम गरेका छन्  : माओवादी नेता

काठमाडौं, १९ भदौ । नेकपा (माओवादी केन्द्र) का सचिव एवं पूर्वमन्त्री दिनानाथ शर्माले सत्ता गठबन्धनमा पाँच वर्ष घुनपुत्लो नलाग्ने दाबी गरेका छन् ।
‘गठबन्धनका नेताको रुपमा शेरबहादुर देउवाजीलाई हामी सम्मान गर्छौं । उहाँ शालीन व्यक्तित्व हो । उहाँलाई दलाल, तस्कर र भ्रष्टाचारीले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हटाउन दबाब दिएका हुन सक्छन् । अहिले गृहमन्त्री हटाउनुपर्ने कारण नै के छ र ? तर सत्ता गठबन्धनमा घुनपुत्लो लाग्दैन । पाँच वर्ष तितरबितर हुने कुरा छैन,’ नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग शर्माले भने ।
मुलुकलाई ठीक ठाउँमा ल्याउन प्रधानमन्त्रीमा पुष्पकमल दाहाल प्रचण्डको आवश्यकता भएको पनि उनले बताए । शर्माले थपे, भ्रष्टाचारीलाई कारबाही गर्ने पार्टी माओवादी हो । अन्यायविरुद्ध लड्ने पार्टी माओवादी हो । परिवर्तनको बाहक शक्ति माओवादी हो । सरकारले ६–८ महिना गरेका काम महत्त्वपूर्ण छन् । केही पनि गरेन भन्ने आरोपमा आग्रहको गन्ध मिसिएको छ ।
अर्को प्रसंगमा माओवादी नेता शर्माले काठमाडौंका मेयर बालेन शाह गरिब गुरुवाभन्दा महल र ठूलाबडाको मात्र सेवामा लागेको आरोप लगाए । उनले भने, ‘तन्नेरी भएकाले बालेनमा जोस जाँगर छ । राम्रो काम गर्दा हामीले प्रशंसा पनि गरेका छौं । उहाँले साइबर सेना बनाएर सरकार विरुद्ध काम गर्नुभएको छ । नेपाली जनता धेरै सचेत छन् । उहाँ के भन्नुहुन्छ, के भन्नुहुन्न भन्नेले केही असर गर्दैन । उहाँको प्रतिशोध, आग्रह र अभिव्यक्तिलाई जनताले निको मानेका छैनन् ।’
छिमेकी मुलुकसँगको सम्बन्धमा केही समस्या आए कूटनीतिक र राजनीतिक माध्यमबाट समाधान गर्नुपर्ने पनि शर्माले औंल्याए । उनले भने, ‘भारत र चीन दुवै हाम्रा निकट छिमेकी हुन् । हामीलाई दुवै देशको उत्तिकै सहयोग चाहिन्छ । दुवै देशसँग हाम्रो सम्बन्ध इतिहासदेखि सुमधुर छ । त्यसमा तलमाथि हुँदैन । नेपाल र चीन सम्बन्ध राम्रो छ । नेपाल र भारत सम्बन्ध अझ राम्रो हुन्छ । हामीबीच कुनै अविश्वास छ भने कूटनीतिक र राजनीतिक माध्यमबाट छलफल गरेर अघि बढ्छौं ।’

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) return;
js = d.createElement(s);
js.id = id;
js.src = “//connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v2.10&appId=401514826619301”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments