Friday, May 17, 2024
Homeआर्थिकआफ्ना आलोचकलाई गालीगलौज नगर्न समर्थकलाई रास्वपा सभापति लामिछानेको आग्रह

आफ्ना आलोचकलाई गालीगलौज नगर्न समर्थकलाई रास्वपा सभापति लामिछानेको आग्रह

<!—->

<!—->

काठमाडौं- आफ्ना आलोचकलाई गालीगलौज नगर्न समर्थकलाई रास्वपा सभापति रवि लामिछानेले आग्रह गरेका छन्। शनिबार आयोजित पार्टीको एक कार्यक्रममा सम्बोधन गर्दै उनले आफू गाली गर्नै नहुने मान्छे नभएको बताए।

‘कसैले मलाई गाली गर्‍यो भन्दैमा तपाईंले पीर मान्नुपर्दैन। म गाली गर्नै नहुने मान्छे होइन’, उनले भने, ‘राजनीतिमा आइसकेपछि गाली ताली सबै सहनुपर्छ। त्यसैले मलाई मेरा लागि वा पार्टीका कुनै पनि नेतालाई कसैले गाली गर्‍यो भन्दैमा तपाईंले जाई लाग्न केही पनि जरुरी छैन।’

nimb
nimb

उनले निर्वाचनका बेलामा पनि सिर्जनात्मक ढंगले प्रतिकार गरेको स्मरण गराउँदै अहिले पनि सोही शैली अपनाउन आग्रह गरे। ‘हामीमाथि एकदमै धेरै आरोप छ। हाम्रा समर्थकहरु, हाम्रा सदस्यहरु सामाजिक सञ्जालमा असहिष्णु छन्। असाध्यै धेरै गालीगलौज गर्छन् भन्ने एउटा आरोप लागेको छ। अब त्यो आरोप खपेर बस्न मिल्दैन’, उनले भने।

लामिछानेले राजनीतिक दलका रुपमा समर्थकहरुले जे मन लाग्यो, त्यही भनिरहँदाखेर त्यो दलको नेताहरुलाई त्यसको असर पर्ने बताए। उनको आग्रह थियो, ‘आएका गाली र आलोचनालाई त्योभन्दा तल गएर गाली गर्नु हुँदैन। हो आफ्नो नेतालाई बचाउनुपर्छ। सबैले आफ्नो नेतालाई बचाउँछन्। आफ्नो नेता इमानमा रहेका दिनसम्म बचाउने हो। इमान छोडेका दिन कसैले बचाउनुपर्दैन।’

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments