Monday, April 29, 2024
Homeआर्थिकप्रचण्ड र ओलीलाई अब देखाईदिने माधव नेपालको चेतावनी, देउवासँग निरन्तर सम्वाद

प्रचण्ड र ओलीलाई अब देखाईदिने माधव नेपालको चेतावनी, देउवासँग निरन्तर सम्वाद

काठमाडौं, ३ बैशाख । सुदूरपश्चिम प्रदेश सरकारको पहिलो चरणको नेतृत्व आफ्नो दललाई दिने सहमतिबाट ब्याक भएको भन्दै नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग फायर भएका छन् ।

हिजो सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्वको लागि रञ्जिता श्रेष्ठ नेतृत्वको नाउपाबाट दुई जनाले दाबी पेश गरेका छन् । तर, केन्द्रमा सत्ता गठबन्धनमा रहेको माधव नेपाल नेतृत्वको नेकपा (एस) ले भने सुदूरपश्चिम प्रदेशमा कांग्रेससहितको गठबन्धन रोज्यो । यसले केन्द्रीय राजनीति नै तरंगित तुल्याएको छ ।

नेकपा (एस) का कतिपय नेताले भने अब केन्द्रको गठबन्धन पनि भत्किने दाबी गर्न थालिसकेका छन् । नेकपा (एस) का प्रभावशाली नेता तथा पूर्वमन्त्री मेटमणि चौधरीले त एमाले–माओवादी गठबन्धन भत्किनुपर्ने थियो भन्दै अब सुदूरपश्चिमबाट त्यो खेल सुरु भएको टिप्पणी गरे ।

माधव नेपालले पनि हिजो बालुवाटारमा भएको ओली र प्रचण्डसँगको गरमागरम भेटवार्तामा केन्द्रीय गठबन्धन नै छोड्ने चेतावनी दिएको विश्वस्त स्रोतको दाबी छ । उनले सुदूरपश्चिममा आफ्ना प्रदेश सांसदले चालेको स्टेपबाट आफू खुशी भएको भनेर सार्वजनिक रुपमै मिडियामा प्रतिक्रिया दिन थालेका छन् ।

उनले बाग्मती प्रदेशमा पनि अब सरकारको साथ छोड्नसक्ने चेतावनी दिएका छन् । पार्टीभित्र नेपालले ओली र प्रचण्डले आफूहरुको शक्तिलाई अवमूल्यन गरेको र एकपछि अर्को गरेर सहमतिबाट ब्याक हुन थालेको निश्कर्ष सुनाउन थालेका छन् । उनी कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि निरन्तर सम्वादमा रहेको बुझिएको छ ।

देउवाले माधव नेपाललाई १५ महिना प्रधानमन्त्री खानुहोस भनेर अफर गरेको कुरा बाहिर आएको छ । कांग्रेसले गृहमन्त्री रवि लामिछानेको सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउनुपर्ने मागमा एकीकृत समाजवादीका सांसदहरुको साथ छ । राजेन्द्र पाण्डेले त छानबिन समिति बनाउन नमानेर रवि लामिछानेले गल्ती गरेको टिप्पणी गरिसकेका छन् । file photo

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments