Thursday, May 9, 2024
Homeआर्थिकबलियो टोली वेस्ट इण्डिजविरुद्ध आजदेखि टी– सिरिज खेल्दै नेपाल

बलियो टोली वेस्ट इण्डिजविरुद्ध आजदेखि टी– सिरिज खेल्दै नेपाल

टी–विश्वककप क्रिकेटको तयारी अन्तर्गत आज नेपालले कीर्तिपुरमा टेस्ट टोली वेस्ट इण्डिज ‘ए सँग सिरिजको पहिलो खेल खेल्दैछ ।

५ म्याचको टी २० सिरिज अन्तर्गत आज सवा १२ बजेदेखि बलियो टोली वेस्ट इण्डिजविरुद्ध नेपालले पहिलो खेल खेल्न लागेको हो ।

नेपालले कप्तान रोहित पौडेलको कप्तानीमा वेस्ट इण्डिजविरुद्ध प्रतिस्पर्धा गर्न लागेको हो ।

नेपालका तर्फबाट तीव्र गतिका कमलसिंह ऐरी, स्पिनर सागर ढकाल, युवा ब्याटर लोकेश बम र विकेटकिपर विनोद भण्डारी टिममा बोलइएका छन् । यस अघि १६ जना मात्रै रहेकोमा थप ४ जनालाई पनि नेपाली टिममा डाकिएको हो ।

वेस्ट इण्डिजकाे टाेली पहिलाेपटक नेपाल अाएकाे हाे ।

सिरिजलाई लिएर दुवै टोलीले उत्साह व्यक्त गरेका छन् ।

यस्तो नेपाल र वेस्ट इण्डिजको टोली

नेपाली टोली

रोहित पौडेल–कप्तान, आसिफ शेख, कुशल भुर्तेल, अनिल शाह, आरिफ शेख, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुलशन झा, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जि।सी।, अभिनाश बोहरा, विवेक यादव, आकाश चन्द, कमलसिंह ऐरी, लोकेश बम, सागर ढकाल र विनोद भण्डारी ।

वेस्टइन्डिज टोली

रोस्टन चेश–कप्तान, एलिक एथानाजे (उपकप्तान), फबिएन एलेन, कदीम एलियन, जोशुवा विशोप, केसी कार्टी, जोनसन चार्ल्स, मार्क दयाल, आन्द्रे फ्लेचर, म्याथ्यु फर्ड, ओबेद म्याककोय, गुडाकेश मोती, किमो पल, ओशान थोमस र हायडेन वाल्स ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments