Sunday, May 5, 2024
Homeआर्थिकगणेशमानले विष नपिएर २० ट्याब्लेट सिटामोल खाएको प्रहरीको खुलासा

गणेशमानले विष नपिएर २० ट्याब्लेट सिटामोल खाएको प्रहरीको खुलासा

काठमाडौं, १३ वैशाख । प्रहरी प्रधान कार्यालयले विष पिएर अस्पतालमा उपचाररत भनिएका गणेशमान सिंहलाई उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग सम्बन्धित विषयमा सोधपुछका लागि नबोलाइएको बताएको छ ।

आज (बिहीबार) विज्ञप्ति जारी गर्दै प्रहरी प्रधान कार्यालय साइबर व्यूरोले उनलाई ऋषिराज झा नामको फेसबुकबाट अश्लिल सामग्री पोष्ट गरि हैरानी दिएको सम्बन्धमा सोधपुछका लागि बोलाएको प्रष्ट पारेको छ ।

प्रहरीकोमा उपस्थित हुनासाथ गणेशमानका साथीहरुले प्रहरीलाई फोन गरेर ‘मलाई तनाव भयो भनि गएको छ’ भनी जानकारी गराएको प्रहरीले बताएको छ । उनका साथीको फोन लगत्तै उनलाई सोधपुछ गर्दा आफूले २ स्ट्रिप (२० ट्याब्लेट) सिटामोल खाएर आएको जानकारी दिएको प्रहरीको दाबी छ ।

उनले उक्त कुराको जानकारी गराएलगत्तै चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालको आकस्मिक कक्ष पठाइएको प्रहरीले प्रष्ट पारेको छ । उनले विष विषयको भन्ने समाचार सत्य नरहेको प्रहरीको दाबी छ ।

उनले अस्पतालको वेडबाटै आम नागरिकमा भ्रम श्रृजना गर्ने र आफ्नो अपराधिक क्रियाकलाप उपरको अनुसन्धानमा समेत बाधा पुर्याउने निकृष्ट उद्देश्य राखी सामाजिक सञ्जाल फेसबुकबाट गलत सन्देश प्रवाह गरेको प्रहरीको दाबी छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments