Friday, May 3, 2024
Homeआर्थिकगृहमन्त्री लामिछाने भन्छन्- तीन दशकका अभ्यासहरुलाई सच्याउन समय लाग्छ

गृहमन्त्री लामिछाने भन्छन्- तीन दशकका अभ्यासहरुलाई सच्याउन समय लाग्छ

काठमाडौं- गृहमन्त्री रवि लामिछानेले विगतका कैयौं निर्णय र परम्परालाई नीतिगत निर्णय गरी सच्याउनुपर्ने बताएका छन्। कतारी अमिरको आगमनको दिन मंगलबार सार्वजनिक बिदा दिइएकोमा आलोचना भएपछि उनले सामाजिक सञ्जालबाट सो प्रतिक्रिया दिएका हुन्।

अनावश्यक बिदा, ‘भिआइपी सवारी’का नामको नागरिकले पाउने सास्ती, करोडौं खर्च गरेर दिइने पदक सम्मान, आम माफीका नाममा पहुँचवाला अपराधीलाई मात्र छुट, सुरक्षाकर्मीहरुलाई कामदार बनाउने परम्परा, केही भूतपूर्वहरुलाई दिइँदै आएको अभूतपूर्व सुविधा लगायतका तमाम विषयमा पदबाहल गरेको दिनदेखि नै आफूले काम गरिरहेको लामिछानेको भनाइ छ।

nimb
nimb

‘रिजल्ट आउँदैछ। तर विधि नै नफेरिकन कुनै व्यक्ति, देश वा घटना हेरेर फरकफरक निर्णय गरिनु कुटनीतिक, राजनीतिक र वैधानिक हिसाबले सही हुन्न। जे कुरा हिजो गलत भनिएको थियो, त्यो आजपनि गलत नै हो, हिजोका अभिव्यक्तिहरुको गोताखोरी गर्नै पर्दैन’, उनले लेखेका छन्, ‘तर तीन दशकका अभ्यासहरुलाई सच्याउन समय त लाग्छ। धेरै काम हुँदैछन्, थोरै धैर्य गरिदिनुभए पुग्छ।’

लामिछानेले राजनीतिमा आउनुअघि तत्कालीन भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपाल आएका बेला दिइएको बिदाको आलोचना गरेका थिए। उनले त्यतिबेला सामाजिक सञ्जालमा राखेको मत अहिले सामाजिक सञ्जालमै पोस्ट गर्दै उनको प्रतिक्रिया माग भइरहेको छ। लामिछानेले त्यही पुरानो पोस्टको बचाउ गर्दै जवाफ दिएका हुन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments