काठमाडौं २९ असार :
काठमाडौं महानगरपालिकाका मेयर बालेन साह भृकुटीमण्डपको आगलागीस्थलमा पुगेका छन् । आगलागी भृकुटीमण्डपको ह्वील चेयरको गोदाममा भएको हो ।
आगलागी खबर पाउने बित्तिकै काठमाडौं महानगरपालिकाको दमकल पुगेको छ ।
अहिले आगो दमकल, प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।आगलागीको कारण भने खुलेको छैन ।आगो निभाउन सुरक्षाकर्मीसहित काठमाडौं र ललितपुर महानगरपालिकाका अग्नि नियन्त्रक खटिएका छन् ।
गोरखामा पहिरोमा पुरिएर एक जनाको मृत्यु:सिरान्चोक गाउँपालिका–६ गैरीगाउँ बस्ने ८० वर्षीय सुक बहादुर गुरूङको पहिरोमा पुरिएर मंगलबार साँझ मृत्यु भएको छ ।
सोही ठाउँस्थित जंगलमा सुख्खा पहिरो आई सुक बहादुर पुरिएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय जौवारी र प्रहरी चौकी नयाँसाँघुबाट खटिएको प्रहरीले उनको शव फेला पारेको हो ।