Saturday, April 27, 2024
Homeराष्ट्रीयप्रचण्डविरुद्ध लाग्ने ज्ञानेन्द्र शाही र लेनिन विष्टलाई छाड्दैनौं : पूर्व लडाकु नेता

प्रचण्डविरुद्ध लाग्ने ज्ञानेन्द्र शाही र लेनिन विष्टलाई छाड्दैनौं : पूर्व लडाकु नेता

काठमाडौं, २९ जेठ । नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्व लडाकु मंगलसि‌ंह प्रजाले लडाकु शिविरमा भात पकाउने लेनिन विष्ट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नाम बेच्दै डलर कमाउने धन्दामा लागेको आरोप लगाएका छन् ।
‘नेपालमा गणतन्त्र ल्याउनका लागि कुनै पनि बालबालिका वा वृद्धवृद्धाको प्रयोग भएको छैन । लेनिन विष्ट भन्ने मान्छे जनयुद्धमा लागेकै थिएन । ऊ त २०६३ मंसिर ५ को विस्तृत शान्ति सम्झौतापछि क्यान्टोनमेन्टमा भात पकाउन गएको मान्छे हो । तर आज जनयुद्धमा बालसेना प्रयोग गरेको भन्दै प्रचण्ड नाम बेच्दै कहिले हेग त कहिले कहाँ पुर् याउँछु भन्दै डलर कमाउने धन्दामा लागेको छ । ऊ डलरवादीले परिचालन गरेको मान्छे हो । उसले बन्दुक समेत देखेको छैन । बन्दुक कसरी पड्किन्छ भन्ने पनि थाहा छैन,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भने ।
पूर्व लडाकु नेता प्रजाले लेनिन विष्टलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मुद्दा हाले आफूहरुले नछोड्ने चेतावनी पनि दिए । उनले भने, ‘देशको प्रधानमन्त्रीलाई बारम्बार मुद्दा हाल्ने लेनिन विष्ट को हो ? उसकै व्यवहारका कारण अनमिनले तँ सेना बन्न लायक छैनस्, बालसेना होस् भनेर बिदा गरेर पठाएको हो । तर उसले यसरी नै बारम्बार पैसा कमाएर गाडी चढेको छ, घर बनाएको छ, हुँदै नभएको बालसैन्य भन्दै सडकमा चिच्च्याइरहेको छ । हामी त्यसको खबरदारी गरिरहेका छौं । हामी कुनै दिन उसलाई कारबाही गर्न बाध्य हुनेछौं ।’
पूर्व लडाकु नेता प्रजाले राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीलाई पनि छाडेनन् । ‘त्यो ज्ञानेन्द्र शाही भन्ने उल्लुको पट्ठा संसदमा चिच्याइरहेको छ । जुम्लाको त्यो भेडी गोठालोलाई काठमाडौंमा घर, गाडी कहाँबाट आयो ? हामी त्यसको हिसाबकिताब गर्न बाध्य हुनेछौं । संसदमा यस्तै बकम्फुसे कुरा गर्ने हो भने हामी पनि आतंक मच्चाउन बाध्य हुनेछौं । त्यो पागल, चोर फटाहाले भन्दैमा प्रचण्डले प्रधानमन्त्रीबाट किन राजीनामा दिने ?’ उनले भने ।
शान्तिप्रक्रिया भाँडिए ज्ञानेन्द्र शाही र लेनिन विष्टलाई नछाड्ने दाबी पनि प्रजाले गरे । उनले रवि लामिछाने, बालेन शाह, हर्क साम्पाङ प्रचण्डकै त्यागका कारण राजनीतिमा आउन सकेको पनि बताए ।

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) return;
js = d.createElement(s);
js.id = id;
js.src = “//connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v2.10&appId=401514826619301”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments