Saturday, April 27, 2024
Homeआर्थिकअर्थ सचिव र प्रहरी प्रमुखमाथि रवि लामिछानेले उठाए प्रश्न

अर्थ सचिव र प्रहरी प्रमुखमाथि रवि लामिछानेले उठाए प्रश्न

‘काठमाडौँ । संसदभित्र राख्न नपाइएको हुनाले संसद भवनलाई साक्षी राखेर सभामुखलाई आफ्ना कुराहरू राख्न चाहन्छु’, रास्वपा सभापति रवि लामिछानेले सञ्चारकर्मीहरूसँग भने ।

उनले मङ्गलवारको संसद बैठकमा गृहमन्त्रीले दिएको जवाफमाथि केही प्रश्न उठाएका छन् । गृहमन्त्रीले ३५ दिन समय मागेको भन्दै उनले यसलाई अन्यथा भन्न नमिल्ने बताए । तर कुन कानुन टेकेर भन्सार विभागले गरेको अनुसन्धान केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०मा पठाएको भनेर प्रश्न गरे ।

उच्च तहको संलग्नता विना यति ठूलो सुन तस्करी हुन नसक्ने भन्दै लामिछानेले अगाडि भने, ‘मन्त्रालयस्तरमा कसको संलग्नता छ म भन्न सक्दिन, तर यति ठूलो तस्करीमा उच्चभन्दा उच्च तहको संलग्नता छ भन्ने कसैसामु लुकेको छैन । यसकारण अनुसन्धान गरिरहँदा चाहे अर्थ मन्त्रालयका सचिव हुन्, चाहे प्रहरी प्रमुख नै किन नहुन्, उहाँहरूको संलग्नता छ कि छैन भन्ने शङ्काको विषय भयो ।’

सीआईबी ३५ दिन दिने गृहमन्त्रीको प्रस्तावमा शङ्का नगर्ने उनले बताए । तर अहिले जिम्मेवारीमा भएका मानिसहरूलाई राखेर अनुसन्धान गर्दा प्रभावित हुन सक्ने भन्दै उनले भने, ‘भन्सारको सिङ्गो सेट, अर्थ सचिवदेखि अर्थ मन्त्रालयको सिङ्गो सेट, प्रहरी प्रमुखदेखि सिङ्गो सेटलाई निलम्बन वा अहिले त्यहाँ सहभागी हुन नपाउने व्यवस्था नभई सीआईबीले विना प्रभाव यो काम गर्न सक्ला र ?’

सुन तस्करीमा पक्राउ परेका दावा छिरिङको केही प्रहरी प्रमुखसँग निरन्तर कुराकानी भएको थाहा भएको भन्दै उनले दावाको मोबाइल फोनको फरेन्सिक ल्याब रिपोर्ट सार्वजनिक गर्न माग गरे ।

window.fbAsyncInit = function() {
FB.init({
appId : ‘771486886283999’,
xfbml : true,
version : ‘v2.4’
});
};

(function(d, s, id){
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {return;}
js = d.createElement(s); js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments