Sunday, April 28, 2024
Homeआर्थिकरेशम चौधरी मुद्दामा फैसलाको पूर्णपाठ सार्वजनिक  

रेशम चौधरी मुद्दामा फैसलाको पूर्णपाठ सार्वजनिक [पूर्णपाठसहित] 

<!—->

<!—->

काठमाडौं– सर्वोच्च अदालतले टीकापुर घटनामा दोषी ठहर भए पनि सरकारको माफीका कारण रिहा भएका रेशम चौधरीको फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ।

सर्वोच्चले बुधबार उक्त फैसलाको पूर्णपाठ सार्वजनिक गरेको हो। सर्वोच्चले २०८० जेठ २ गते जन्मकैदको सजाय भोगिरहेका पूर्वसांसद चौधरीलाई सर्वोच्च अदालतले जिल्ला तथा उच्च अदालतले गरेको निर्णयलाई नै सदर गर्ने फैसला सुनाएको थियो।

आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले उक्त फैसला गरेको हो। उक्त प्रकरणमा सीताराम चौधरी र गंगाराम चौधरीले सफाइ पाएका थिए भने लक्ष्मण थारुको हकमा केही निर्णय उल्टिएको थियो।

लक्ष्मण थारुको हकमा उच्च अदालत दिपायलले तोकेको पाँच वर्षको कैद सजायको ’फैसला मिलेको नदेखिँदा’ जिल्ला अदालत टीकापुरले तोकेको तीन वर्षको कैद कायम हुने सर्वोच्चको फैसलामा उल्लेख थियो।

सीताराम चौधरी र गंगाराम चौधरीको हकमा २०७५ साल फागुनमा कैलाली जिल्ला अदालतले पाँच वर्ष कैद सजाय सुनाएको थियो। जसलाई २०७७ साल पुसमा उच्च अदालतले त्यसलाई सदर गरेको थियो।

nimb
nimb

ती फैसला मिलेको नदेखिएकाले बदर हुँदै कसुरबाट सफाइ पाउने ठहर गरेको थियो। २०७२ भदौमा भएको घटनामा मुख्य योजनाकार भएको अभियोगमा जिल्ला अदालत, कैलाली एवम् उच्च अदालत, दिपायलबाट रेशम चौधरीसहित ११ जना दोषी ठहर गरेको थियो।

यसअघिको प्रतिनिधि सभामा चौधरी कैलाली क्षेत्र नम्बर १ बाट सांसद निर्वाचित भएका थिए। कैलाली घटनामा संलग्न भएको भन्दै प्रहरीले खोजी गरिरहेकै बेला उनी चुनावमा भाग लिएर विजयी पनि भएका थिए।

चौधरीले सांसदको शपथग्रहण गरेको केही दिनपछि सर्वोच्च अदालतले उनलाई पुर्पक्षका लागि थुनामा राख्न तल्लो अदालतले दिएको आदेशलाई सदर गरिदिएको थियो। त्यसपछि उनी निलम्बनमा परेका थिए।

यस्तो छ पूर्णपाठ

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments