Sunday, May 5, 2024
Homeआर्थिकचिनियाँ र अमेरिकी राजदूतपछि भारतीय राजदूतले पनि भेटे रास्वपा सभापति लामिछानेलाई

चिनियाँ र अमेरिकी राजदूतपछि भारतीय राजदूतले पनि भेटे रास्वपा सभापति लामिछानेलाई

काठमाडौं, १५ भदौ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेटवार्ता गरेका छन् । लामिछानेलाई भेट्न भारतीय राजदूत आज (शुक्रबार) रास्वपाको मुख्यालय, वनस्थलीमा पुगेका थिए ।

सो भेटवार्तामा रास्वाका मुख्य एजेण्डा सुशासन, सामाजिक न्याय र आर्थिक विकास रहेको र नेपालको समृद्धिको लागि नेपाल भारत सम्बन्धलाई थप बलियो बनाउनका साथै आपसी चासोका मुद्दाहरुलाई सम्वादमार्फत हल गर्दै जानुपर्ने कुरा सभापति लामिछानेले राखेको सो दललले जनाएको छ । यसअघि रास्वपाका सभापति लामिछानेसँग चिनियाँ र अमेरिकी राजदूतहरुले पनि भेटवार्ता गरेका थिए ।

भेटवार्ताबारे रास्वपाले पार्टीको आधिकारिक फेशबुक पेजमा भनिएको छ-

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति श्री रवि लामिछाने र नेपालका लागि भारतीय राजदूत महामहिम श्री नवीन श्रीवास्तवबीच आज पार्टी कार्यालय वनस्थलीमा भेटघाट भयो। भेटघाटको क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीको मूख्य एजेण्डा सुशासन, सामाजिक न्याय र आर्थिक विकास रहेको र नेपालको समृद्धिका लागि नेपाल- भारत सम्बन्धलाई थप बलियो बनाउनका साथै आपसी चासोका मुद्दाहरूलाई संवादमार्फत् हल गर्दै जानु पर्ने कुरा पार्टी सभापति लामिछानेले राख्नुभयो ।
उक्त भेटमा पार्टीका तर्फबाट महामन्त्री डा.मुकुल ढकाल, अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख तथा प्रतिनिधि सभा सदस्य माननीय शिशिर खनाल , र प्रतिनिधि सभा सदस्य माननीय मनिष झा पनि सहभागी हुनुहुनथ्यो।

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) return;
js = d.createElement(s);
js.id = id;
js.src = “//connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v2.10&appId=401514826619301”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments