Friday, April 26, 2024
Homeराष्ट्रीयगणतन्त्र दिवसको अवसरमा पूर्वसांसद रेशम चौधरी रिहा

गणतन्त्र दिवसको अवसरमा पूर्वसांसद रेशम चौधरी रिहा

काठमाडौं । कैलालीको टीकापुर घटनामा दोषी ठहर भएका पूर्वसांसद रेशम चौधरी रिहा भएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा २७६ तथा फौजदारी कसुर(सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७९ र ज्येष्ठ नागरिक ऐन, २०६३ को दफा १२ बमोजिम सरकारको सिफारिसमा चौधरीसहित ४८२ जना कैदीहरुको भुक्तान हुन बाँकी कैद सजाय माफी गरेका हुन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसको अवसरमा रेशमसहित १९ जनाको कैद सजाय माफी गरेका हुन् । कारागारबाट रिहा भएपछि उनी सिधै मन्त्री क्वाटरमा पुगे । मन्त्री क्वाटरमा पनि उनका समर्थकहरुको भिडभाड थियो । उनका समर्थकहरूले रेशमलाई बधाई दिँदै अविर र फूलमाला लगाइदिए । डिल्लीबजार कारागारबाट रिहा भएपछि पत्रकारहरुसँग कुरा गर्दै चौधरीले अन्य बन्दीहरुलाई पनि छिट्टै जेलबाट छुटाउन पहल भइरहेको बताएका थिए ।

रेशम चौधरीले आजै गृहजिल्ला कैलाली जाने बताएका छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments