Friday, April 26, 2024
Homeराष्ट्रीयरवि लामिछानेले अझै रहस्यमै राखे आफूले उम्मेदवार दिने निर्वाचन क्षेत्र

रवि लामिछानेले अझै रहस्यमै राखे आफूले उम्मेदवार दिने निर्वाचन क्षेत्र

काठमाडौं। पूर्व सञ्चारकर्मी रवि लामिछानेले सबैको सुझाव अनुसार मात्रै आफूले लड्ने निर्वाचन क्षेत्र तय गर्ने बताएका छन्। मंगलबार नयाँ दल ‘राष्ट्रिय स्वतन्त्र पार्टी’को घोषणा गर्दै उनले आफ्नो चुनाव क्षेत्र बताएनन्।

उनले भने, ‘‘हुन त मलाई झापा, डडेलधुरा, चितवनबाट चुनाव लड्न मन छ। तर त्यहाँ चुनाव लडेमा कस्तो चुनाव हुन्छ तपाईँलाइ थाहा छ। यसैले म कतै कुनै क्षेत्रमा चुनाव लड्छु। तपाईँको सुझाव अनुसार निर्वाचन क्षेत्र लड्नेछु।’’

उनले आफ्नो पार्टी नबनाई यो जर्जर व्यवस्था बदल्न नसक्ने बताउँदै राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरे। पार्टी घोषणा गर्दै उनले भने, ‘‘यो जर्जर संरचना परिवर्तनका लागि नयाँ राजनीतिक पार्टीबाट अघि बढ्छु। म यो देशलाई चाहिएको जस्तो दल बनाएर अघि बढ्छु। नयाँ दल बनाएर, नयाँ म्यान्डेट दिन तयार भएर आएको छु।’’

उनले सबै राजनीतिक दलबाट अफर आएको बताउँदै आजको मितिसम्म दर्ता भएका कुनै राजनीतिक दलमा प्रवेश गर्दा कुनै परिवर्तन गर्न नसकिने बताए।

उनले थपे, ‘‘यो देशमा प्रत्येक राजनीतिक दलभित्र राम्रा मान्छे नभएका होइनन्। तिनको सम्मान गर्न चुक्दिनँ। पार्टीभित्र धावा बोलेनन्। पर्खेर बसे। ठूलो नेताको मृत्युपछि त्यही पदमा पुग्ने आकाङ्क्षा गरे। उमेर पुगेपछि वृद्धभत्ता पाइन्छ, सत्ता पाइँदैन।’’

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments