Monday, July 4, 2022
Homeराष्ट्रीयरवि लामिछानेको दल दर्ता खारेजीको माग गर्दै निर्वाचन आयोगमा उजुरी

रवि लामिछानेको दल दर्ता खारेजीको माग गर्दै निर्वाचन आयोगमा उजुरी


८ असार २०७९, बुधबार

काठमाडौँ । सञ्चारकर्मी रवि लामिछानेले निर्वाचन आयोगमा दल दर्ताका लागि दिएको निवेदन खारेजी गर्न माग गर्दै उजुरी परेको छ । ‘स्वतन्त्र’ उम्मेदवारलाई नै भ्रम पर्ने गरी नाम राखिएको भन्दै स्वतन्त्र उम्मेदवारी अभियानले आयोगमा उजुरी दिएको हो । लामिछानेले मंगलबार मात्र ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ दर्ताका लागि आयोगमा निवेदन दिएका थिए।

स्वतन्त्र उम्मेदवारी अभियानका डम्बर साहुले ‘स्वतन्त्र’ शब्द हटाएर अन्य शब्द प्रयोग गर्न माग गर्दै आयोगमा उजुरी दिएका हुन् । उजुरीमा भनिएको छ, ‘कुनै पनि व्यक्तिले राजनीतिक पार्टीमा आबद्ध हुन चाहँदैन र स्वतन्त्र रुपमा चुनावमा उम्मेदवारी दिन र निर्वाचित हुन पाउनेगरी संविधानले दिएको अधिकार छिनेर स्वतन्त्रको नाममा पार्टी गठन गर्नु भनेको स्वतन्त्रको उम्मेदवारीमा भ्रम र अन्यौल उत्पन्न भएको छ ।’

स्वतन्त्र उम्मेदवारीको तयारी गरेका वास्तविक स्वतन्त्र व्यक्ति/समूह/संस्थालाई गम्भीर आघात उजुरीमा उल्लेख गरिएको छ । साहुले निर्वाचन आयोगमा दर्ता गराएको पत्रमा भनिएको छ, ‘परम्परागत राजनीतिक पार्टी र म्याद गुज्रिएका नेतृत्वको विकल्पका रुपमा नयाँ र भिजनसहितका युवाहरु राजनीतिमा आउनु स्वागत योग्य रहे पनि धमिलो पानीमा माछा मार्ने कटु अवसरवादीहरुले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ को नाममा निर्वाचन आयोगमा पार्टी दर्ताको लागि दिएको निवेदनमा स्वतन्त्र शब्द हटाई अन्य शब्दको प्रयोग गर्न अनुरोध गर्दछु ।’

डम्बर साहुले स्थानीय निर्वाचनभन्दा आठ महिनाअघि स्वतन्त्र उम्मेदवारी अभियान गठन गरेका हुन् । काठमाडौंमा बालेन्द्र शाहलाई जिताउन भूमिका खेलेको यस अभियानले आगामी असार १७ र १८ गते काठमाडौंमा राष्ट्रिय भेलाको आयोजना गर्दैछ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments