

काठमाडाैं । ललितपुरमा आगामी निर्वाचनका लागि स्वतन्त्र उम्मेदवारी अभियानको भेला शुरु भएको छ । ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा ९ बजेदेखि उक्त भेला जारी छ ।
भेलामा काठमाडौंमा मेयर बालेन्द्र शाहलाई प्रमुख अतिथिको रुपमा निम्त्याइएको छ । त्यस्तै धरान उपमहानगरका मेयर हर्क सम्पाङ र धनगढी उपमहानगरका मेयर गोपाल हमाललाई पनि निम्त्याइएको छ ।
स्थानीय निर्वाचनमा स्वतन्त्ररुपमा उम्मेदवारी दिएकाहरु भेलामा सहभागी छन् । स्थानीय निर्वाचनका स्वतन्त्र रुपमा उम्मेदवारहरुको यो पहिलो विशेष भेला हो ।