Thursday, May 2, 2024
Homeराष्ट्रीयकाठमाडौंमा मूर्ति चोरहरुको संख्या ह्वात्तै बढेसँगै प्रहरीकै हाकिमलाई भेट्न प्रहरी प्रधान कार्यालय...

काठमाडौंमा मूर्ति चोरहरुको संख्या ह्वात्तै बढेसँगै प्रहरीकै हाकिमलाई भेट्न प्रहरी प्रधान कार्यालय नै पुगे बालेन


काठमाडौं :

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह बिच भेटवार्ता भएको छ । प्रहरी प्रधान कार्यालयमा उनीहरुको बिचमा भेटघाट र छलफल भएको बताइएको छ ।

भेटमा मन्दिरको शहर भनेर चिनिने काठमाडौंमा मूर्ति चोरी बढेको र सो चोरी न्यूनिकरण गर्न महानगरपालिकाले सिसिटिभी जडान गर्नेबारे छलफल भएको बताइएको छ ।

त्यस्तै फोहोरमैला व्यवस्थापनमा प्रहरीले कसरी सहयोग गर्नसक्छ भन्नेबारे छलफल भएको बताइएको छ । प्रहरी महानिरीक्षकको सचिवालयका अनुसार सार्वजनिक यातायात गर्नेबारे तथा ट्राफिक व्यवस्थापनबारे पनि छलफल भएको बताइएको छ ।

यो पनि : भर्ना शुल्क नतिरेको भन्दै २५ विद्यार्थी कक्षाबाटै निकालिएछि खैलाबैला, अभिभाबक भन्छन् दादागिरी भयो : सुर्खेतको आदर्शराज सेकेन्डरी स्कुलले कक्षा १२ का २५ जना विद्यार्थी भर्ना शुल्क नतिरेको भन्दै कक्षाबाटै निकालिएका छन् । वीरेन्द्रनगर नगरपालिकाको मंगलगढी चोकमा रहेको आदर्शराज सेकेन्डरी स्कुलले समयमै भर्ना शुल्क नबुझाएको आरोप लगाउँदै उनीहरूलाई आज बिहानबाट कक्षाबाटै निकालिएको हो ।

वस्थापन संकायअन्तर्गत कक्षा ११ बाट पास भएर ४५ विद्यार्थी कक्षा १२ मा अध्ययनरत् थिए । तीमध्ये २० जनाले मात्र रकम बुझाएको बाँकी २५ जनाले फि तिरेका थिएनन् । र्ना शुल्क बुझाउने तयारी गरिरहँदा विद्यालयले यस्तो व्यबहार गरेको हो ।

फिस लिएर आउन भनेपनि अटेर गरेकाले विद्यार्थीलाई निकालिएको विद्यालयका भाइस प्रिन्सिपल रमेश बस्नेतले स्विकारेका छन् । विद्यार्थीका अभिभाबकले भने विद्यालयले अपमानजनक व्यबहार गरेको दादागिरी गरेको बताए ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments